एजेन्सी । युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमा अन्तिम १६ मा पुग्ने क्लबहरुको टुङ्गो लागेको छ । समुह चरणको नतिजाका आधारमा सबै भन्दा धेरै ४ ईङ्लिस क्लबले नकआउट चरणमा स्थान बनाएका छन् । म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाईटेडसंगै टोटेनहम र लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै, जर्मनबाट बोरुसिया डर्टमण्र्डसंगै साल्के र बार्यन म्युनिखले नकआउट चरणमा स्थान बनाए । स्पेनबाट बार्सिलोनासंगै रियल मड्रिड र एट्लेटिको मड्रिड अघिल्लो चरण प्रवेश गर्न सफल भए । फ्रान्सबाट लियोन र पीएसजी तथा पोर्चुगलबाट पोर्टाेले अन्तिम १६ मा स्थान बनाए । अजाक्सले अन्तिम १६ मा डच क्लबको प्रतिनिधित्व गर्दा ईटालीबाट रोमा र युभेन्ट्ले च्याम्पियन्स लिगमा चुनौती पेश गर्नेछन् ।
समुह एबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड र स्पेनिस क्लब एट्लेटिको मड्रिड नकआउट चरण प्रवेश गरे । हर्टमण्डले १३ अंक सहित समुह विजेताको रुपमा नकआउट चरण प्रवेश ग¥यो । समान अंक भएपनि एट्लेटिको उपविजेताको बन्यो ।
समुह बीमा बार्सिलोना र टोटेनहमले अघिल्लो चरण प्रवेश गर्ने टोली बने । स्पेनिस क्लब बार्सिलोना १४ अंक सहित अन्तिम १६ मा पुग्दा ईङ्लिस कलब ८ अंक सहित उपविजेताको रुपमा नकआउट चरणमा स्थान बनायो ।
समुह सीबाट पीएसजी र लिभरपुलले अन्तिम १६ मा स्थान बनाए । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले ११ अक सहित समुह विजेता र ईङ्लिस क्लब ९ अंक सहित उपविजेता बन्न सफल भयो ।
समुह डीमा पोर्चुगलको एफसी पाेर्टाे र जर्मन क्लब साल्केले नकआउट चरणमा स्थान बनाए । पाेर्टाे १६ अंक सहित समुह विजेता बन्दा साल्के ११ अंक सहित उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश ग¥यो ।
समुह ईबाट जर्मन क्लब बार्यन म्युनिख र डच क्लब अजाक्सले नकआउट चरणमा स्थान बनाए । समुह विजेता बनेको बार्यनले १४ अंक जोड्यो । अजाक्स १२ अंक सहित उपविजेता बन्यो ।
समुह एफबाट ईङ्लिस क्लब म्यान्चेष्टर सिटी र फ्रेन्च क्लब लियोन अघिल्लो चरण प्रवेश गरे । समुह विजेता सिटीले १३ अंक जोड्दाँ लियोन ८ अंक सहित उपविजेता बन्यो ।
समुह जीबाट स्पेनिस क्लब रियल मड्रिड र ईटालियन क्लब रोमाले नकआउट चरणमा स्थान बनाए । रियल १२ अंक सहित समुह विजेता बन्दा उपविजेता रोमाले ९ अंक जोड्यो ।
समुह एच ईटालिनय क्लब युभेन्ट्स र ईङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले अघिल्लो चरणको यात्रा तय गरे । युभेन्ट्स १२ अंक सहित समुह विजेता बन्दा म्यान्चेष्टर सिटी १० अंकमा उपविजेता बन्यो ।