काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा सञ्चालन हुने गोल्डकप फुटबलको खेल तालिका सार्वजनीक गरेको छ । काठमाडौं बाहिर सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन भन्दै एन्फाले प्रतियोगिताको मिति तय गरिदिएको हो ।
विभिन्न जिल्ला तथा आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेका थिए । सोही पत्रका आधारमा एन्फाले २३ वटा प्रतियोगिताको समय तालिका सार्वजनीक गरेको हो ।
एन्फाका कार्यवहाक अध्यक्ष अरुणमान जोशीका अनुसार लिग फुटबल सकिए लगत्तै मोफसलमा गोल्डकपको लहर सुरु हुनेछ । पुसको तेस्रो सातबाट सुरु हुने फुटबल गोल्डकप बैशाखको तेस्रो सातासम्म चल्नेछ ।
एन्फाले सार्वजनीक गरेको प्रतियोगिता र समय तालिका निम्नि प्रकार रहेको छ ।
- पुस २१ गतेबाट २९ सम्म पाँचथरको फिदिममा ११ औ फाल्गुनन्द गोल्डकप हुनेछ ।
- पुस २४ बाट माघ ५ गतेसम्म धनगढीको कैलालीमा तेस्रो सुदुरपश्चिमाञ्चल खप्तड गोल्डकप हुनेछ ।
- पुस २४ देखी माघ ५ सम्म विरगंजमा दोस्रो विशाल मेमोरियल गोल्डकप हुनेछ ।
- माघ ३ देखि १२ सम्म बाराको सिमरामा १० औ रुस्लान सिमरा गोल्डकप हुनेछ ।
- माघ ११ गतेबाट १८ गतेसम्म सुनसरीको ईटहरीमा मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ ।
- माघ १५ बाट २६ गतेसम्म पोखरामा मनकामना केबुलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।
- माघ १८ बाट २७ सम्म झापामा प्रथम धैलाडुब्बा गोल्डकप फुटबल प्रतियोगिता हुनेछ ।
- माघ २० बाट २८ गतेसम्म धनकुटामा १४ औ शहिद भीमनारायण गोल्डकप हुनेछ ।
- माघ २६ गतेबाट फागुन ४ गतेसम्म धरानमा २१ औ बुढाशुब्बा अन्तराष्ट्रिय आमन्त्रण रेडबुल गोल्डकप हुनेछ ।
- माघ २९ गतेबाट फागुन ११ गतेसम्म कास्कीको पोखरामा १७ औ आहा रारा गोल्डकप हुनेछ ।
- फागुन ४ गतेबाट ११ गतेसम्म सुनसरीको दुहवीमा तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिता हुनेछ ।
- फागुन ७ गतेबाट १८ गतेसम्म रुपन्देही बुटबलमा २१ औ तिलोत्तमा गोल्डकप हुनेछ ।
- फागुन १५ गतेबाट २५ गतेसम्म झापाको विर्तामोडमा चौथो झापा गोल्डकप फुटबल प्रतियोगिता हुनेछ ।
- फागुन २३ बाट चैत २ गतेसम्म पाँचौ माइभ्याली गोल्डकप फुटबल ईलाममा हुनेछ ।
- फागुन २५ देखि चैत २ गतेसम्म चितवनको नारायणगढमा १४ औ टुबोर्ग विकाश शिल्ड फुटबल प्रतियोगिता हुनेछ ।
- फागुन २९ बाट चेत ९ गतेसम्म मकवानपुर हेटौडामा तेस्रो हेटौडा गोल्डकप फुटबल हुनेछ ।
- चैत ७ बाट १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप हुनेछ ।
- चैत १५ गतेबाट २४ गतेसम्म उदयपुरमा उदयपुर गोल्डकप फुटबल हुनेछ ।
- चैत १८ गतेबाट २७ गतेसम्म नेपालगञ्जमा चौथो टुबोर्ग नेपालगञ्ज गोल्डकप हुनेछ ।
- चैत २२ गतेबाट ३० गतेसम्म नुवाकोटमा नुवाकोट गोल्डकप फुटबल हुनेछ ।
- चैत २५ बाट बैशाख ५ गतेसम्म सर्लाहीको लालबन्दीमा राजर्षि जनक गोल्डकप हुनेछ ।
- बैशाख १ गतेबाट १० गतेसम्म दमकमा दोस्रो दमक गोल्डकप हुनेछ ।
- बैशाख १२ गतेबाट २१ गतेसम्म झापाको काकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुनेछ ।