काठमाडौं । घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्टिभ स्मिथले अष्ट्रेलियाको कप्तानी गर्ने भएका छन् ।
नियमित कप्तान प्याट कमिन्स आमाको निधनका कारण अष्ट्रेलियामा नै रहेको कारण स्मिथले कप्तानीको जिम्मेवारी पाएका हुन् ।
यस अघि घरेलु टोलीविरुद्धको तेस्रो तथा चौथो टेस्ट खेलमा समेत स्मिथले नै कप्तानी गरेका थिए ।
पाहुना टोलीले चार खेलको टेस्ट सिरिज २-१ ले टेस्ट गुमाएको थियो ।
शुक्रबारबाट सुरु हुने तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि १५ खेलाडीको टोली समेत घोषणा भएको छ ।
कमिन्स १५ सदस्सीय टोलीमा समावेश रहेका छैनन् ।
अष्ट्रेलियन टोली -
स्टिभ स्मिथ (कप्तान), मार्नस लाबुस्चाने, मिचेल मार्श, मार्कस स्टोइनिस, एलेक्स केरी, ग्लेन म्याक्सवेल, क्यामरून ग्रीन, जोस इंग्लिस, सन एबोट, एस्टन एगर, मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पा