एजेन्सी । लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नापोलीलाई १–० ले पराजित गर्दै प्रिमियर लिग क्लब प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमा मोहमद सालाहले ३४ औ मिनेटमा विजयी गोल गरे । लिभरपुललाई अन्तिम १६ मा पुग्न स्पष्ट जितको आवश्यकता थियो । जसमा सलाहले जेम्स मिल्नरको पासलाई सदुपयोग गर्दै लिभरपुललाई जित दिलाए ।
लिभरपुलका लागि गोलकिपर एलिसनले समेत उत्कृष्ट खेल प्रर्दशन गर्दै ईटालियन क्लबलाई निराश बनाए ।
जितसंगै लिभरपुल समूह 'सी' उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । लिभरपुलले ६ खेलमा ९ अंक जोड्यो । र, नापोलीसंग समान अंक जोडेपनि गोल अन्तरमा अघि रहदै लिभरपुलले दोस्रो चरणको यात्रा तय गर्यो ।
यस समूहबाट ११ अंक जोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह विजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भयो ।