काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तिव्र गतिका बलर करण केसीको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा करण ८ स्थान माथी उक्लिएर ९१ औं स्थानमा रहेका छन्।
बलिङ तर्फ नै सोमपाल कामीले ६ स्थान सुधार गर्दै ६७ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ७ स्थान सुधार गर्दै ७४ औं स्थानमा रहेका छन् ।
पुर्व कप्तान सन्दीप लामिछानेको बलिङ वरीयतामा भने १ तल झरेर २७ औं स्थानमा रहेका छन् ।
ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेलको वरीयता २ स्थान तल झरेको छ ।
नयाँ वरीयतामा पौडेल ५९ औं स्थानमा कायमै रहँदा ओपनर आसिफ शेख भने २ स्थान खस्कदै ७८ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् ।