काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजमा सहभागीता जनाउन यूएईको टोली आज मंगलबार नेपाल आईपुगेको छ ।
बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि मुहम्मद वासिमको कप्तानीमा १४ सदस्सीय टोली नेपाल आईपुगेको हो ।
वासिमको कप्तानीमा १४ सदस्सीय टोली मंगलबार नै घोषणा भएको थियो ।
१० मार्चमा पीएनजीविरुद्ध खेलेर सिरिज सुरु गर्ने यूएईको दोस्रो खेल १२ मार्चमा घरेलु टोलीको विरुद्ध रहेको छ ।
१५ मार्चमा पीएनजीको विरुद्धमा खेल्ने यूएईको नेपाल सिरिजको अन्तिम खेल १६ मार्चमा घरेलु टोलीविरुद्ध रहेको छ ।
यस त्रिकोणात्मक सिरिजमा यूएईले नेपाल र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।
यूएईको टिम :
मुहम्मद वसीम (कप्तान), आयन खान, आर्यन लाक्रा, अशवन्त वलथापा, आसिफ खान, आर्यांश शर्मा, सीपी रिजवान, हजरत बिलाल, जुनेद सिद्दिकी, कार्तिक मैयप्पन, रोहन मुस्ताफा, वृत्य अरबिन्द, जाहोर खान, जवार फरीद