काठमाडौं । दक्षिण अफ्रिकाको टी–ट्वान्टी टिमको कप्तानमा एडम माक्ररम नियुक्त भएका छन् ।
वेस्ट इण्डिजसँगको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि माक्रमले कप्तानको जिम्मेवारी पाएका हुन् ।
माक्ररमले टेम्बा बमुभाको स्थान लिएका छन् । पूर्व कप्तान बमुभाले १५ सदस्सिय टोलीमा समेत स्थान बनाएका छैनन्।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले माक्ररमको कप्तानीमा १५ सदस्सिय टोली समेत घोषणा गरेको छ ।
वेस्ट इण्डिजविरुद्धको तीन टी-ट्वान्टी खेलको सिरिज २५ मार्चबाट सूरु हुनेछ ।
