काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर पारस खड्काआबद्ध क्लबका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
वाटमोर पारस आबद्ध रहेको लेजेन्ड्स लिगको एसिया लायन्स टिमका प्रशिक्षकमा नियुक्त भएका छन् ।
एसियन लायन्सले सामाजिक संजालबाट वाटमोरलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको जनाएको छ ।
लायन्सले पारससँगै उपुल थरंगा,अस्गर अफगान,शाहिद अफ्रिदी,थिसारा परेरा,मोहम्मद हाफिज र शोयब अख्तर लगायतका लिजेण्ड क्रिकेटरहरु रहेका छन् ।
लायन्सको कप्तानी पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले गर्नेछन् ।
लिगमा वल्र्ड जायन्टस ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिगको तेस्रो संस्करण १० मार्च देखी २० मार्च सम्म कतारमा आयोजना हुँदैछ ।
