काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनि(पीएनजी)लाई पराजित गरेको छ ।
यस खेलमा नेपालका लागि ओपनर आसिफ शेख 'प्लेयर अफ दि म्याच' भएका छन् ।
आसिफले खेलमा आफ्नो सातौं एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक समेत पूरा गरेका थिए ।
ओपनर आसिफ शेखले १ सय ३० बलमा अविजित ८६ रन बनाए । शेखले २ चौका र १ छक्का प्रहार गरे ।
ओपनर आसिफ शेखले सन्दीप लामिछानेसँग कीर्तिमानी साझेदारी गरेर पीएनजी ३ विकेटले पराजित गर्न महत्वपुर्ण भुमिका खेलेका थिए ।
सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभर ७ विकेट गुमाएर पूरा गरेको थियो ।