एजेन्सी । युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनिस लिगका प्रतिद्वन्दी लियोनल मेस्सीलाई ईटाली आउन चुनौती दिएका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन युभेन्ट्स आएका रोनाल्डोले पछिल्ला १९ खेलमा ११ गोलका गरेका छन् ।
रोनाल्डोले लगातार नौ सिजनको स्पेन बसाईलाई बिट मार्दै ईटालीतर्फ लागेका थिए । र्इटाली अाएपछि स्पेनिस क्लबसंगै उनकाे प्रतिद्वन्दी लियोनल मेस्सीसंगको उत्कृष्टताको लडाँई समेत अन्त्य भएको थियो ।
के तिमी लियोलाई याद गछौ ? भन्ने प्रश्नमा रोनाल्डोले भने, ‘अहँ, सायद उनले मलाई याद गर्छन् होला । मैले इङ्ल्याण्ड, स्पेन, ईटाली र पोर्चुगलको राष्ट्रिय टिमबाट खेले । तर उनले मात्र स्पेनबाट ।’
‘मैले जस्तै चुनौती स्विकार गर । तर यदी उनी त्यही खुसी छन् भने म सम्मान गर्छु । उनी शानदार खेलाडी हुुन् । अनि राम्रो मानिस । तर मैले कसैलाई याद गरेको छैन । यो मेरो नयाँ जिवन हो । म खुसी छु ।’ उनले भने ।
रोनाल्डोले नयाँ र पुरानो क्लबबीचको भिन्नताका बिषयमा समेत मुख खोलेका छन् । उनले भने, ‘केही नाम लिन उचित छैन । तर यो सबै भन्दा राम्रो समुह छ । जोसंग मैले कहिल्यै खेलेको थिईन ।’
‘यहाँ हामी एक टिम छौ । यहाँ सबै एक पङ्तीमा छन् । सबै बिनम्र छन् तर जित्न चाहन्छन् ।’ उनले थपे । ‘मड्रिडमा समेत बिनम्र खेलाडी छन् । तर मैले ईटालीमा बढी पाएको छु ।’ रोनाल्डोले भने ।