काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टू को आफ्नो अन्तिम खेलमा नामिबियाले यूएईलाई पराजित गरेको छ ।
दुबई क्रिकेट स्टेडियममा भएको खेलमा नामिबियाले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो ।
यूएईले दिएको १ सय ६७ रनको लक्ष्य नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नामिबियाका लागि माईकल भानले ५३ बलमा ७१ रनको अर्धशतकी पारी खेले । लोहाड्रि लौआरेन्स ४७ रनमा आउट हुँदा कप्तान ग्रहार्ड इरास्मसले १७ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकि,नाहोर खान र राहुल भाटीयाले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
यूएईका लागि कप्तान सीपी रिजवानले १ सय ४० बलमा अविजित ६० रनको अर्धशतकीय ईनिङ खेले । रिजवानले बलमा २ चौका प्रहार गरे ।
रोहन मुस्ताफा २५ रनमा आउट हुँदा वृत्य अरबिन्दले १८ रन बनाए । कार्तिक मैयप्पनले १५ रन बनाउँदा आसिफ खानले १० रन बनाए ।
यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाले २६ रन अतिरिक्तमा दियो ।
नामिबियाका लागि टाङ्गेनी लुकामेनी,बेन शिकोन्गो र कप्तान ग्रहार्ड इरास्मसले समान २र२ तथा रुवेन ट्रम्पेलम्यान,शन फुची र बेनार्ड स्कोलर्जले समान १र१ विकेट लिए ।
नामिबियाको ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।