एजेन्सी । बार्सिलोनाका खेलाडी सर्जियो बुस्केटले लियोन मेस्सी विश्वका उत्कृष्ट खेलाडी भएको बताएका छन् । स्पेनिस लिगमा स्प्यानियोलविरुद्वको खेलमा मेस्सीले आफु विश्वकै उत्कृष्ट खेलाडी भएको पुष्टि गरेको बुस्केटको दाबी छ ।
सो खेलमा मेस्सीले फ्रिकिकमा दुई गोल गरेका थिए । क्याटलान डर्बीमा मेस्सीको दुई गोलको सहयोगमा बार्साले सो खेल ४–० ले जितेको थियो । ला लिगामा बार्साले पहिलो पटक क्याटलान क्लबविरुद्व प्रभावशाली जित निकालेको हो ।
बार्साको जितमा मेस्सीले प्रेरणादायी प्रर्दशन गरेका थिए । क्लबका कप्तान समेत रहेका मेस्सीले सहयोगमा डेम्बेलेले पछिल्ला १३ खेलमा १० गोल गर्न सफल भए ।
वालेन डि ओरको पाँचौ स्थानमा रहेको पाँच दिनपछि मेस्सीले आफ्नो उत्कृष्ट फर्म देखाएका हुन् । सन् २००६ पछि मेस्सी पहिलो पटक वालेन डि ओरको पाँचौ स्थानमा रहेका थिए ।
पाँच पटक सो अवार्ड जितेका मेस्सी यसपटक केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान, क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच भन्दा पछाडी परेका थिए । मेस्सीका सहकर्मी समेत रहेका बुस्केटले मेस्सीको स्थान अन्य सबै खेलाडी भन्दा उच्च रहेको दाबी गरे ।
‘हामीलाई थाहा छ उनी कति सक्षम छन् भनेर । हामी उनको समान प्रर्दशन दैनिक देख्न पाईरहेका छौ ।’ उनले भने ।
‘खुल्ला खेल्न र फ्रि किक हान्न उनी मौलिक छन् । त्यसैले उनलाई विश्वको उत्कृष्ट खेलाडी बनाएको छ ।’ बुस्केट थप्छन् ।
मेस्सीकै प्रर्दशनमा बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ, समुह विजेताको रुपमा । बार्साले अब समुह चरणको अन्तिम खेलमा प्रिमियर लिग क्लब टोट्नहमसंग खेल्दैछ ।