काठमाडौं । यूएईमा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा सिगांपुरसँग जारी खेलमा नेपालका आकाश त्रिपाटीले राम्रो प्रदर्शन गरेका छन् ।
पहिलो पटक यू-१९ राष्ट्रिय टोलीमा स्थान बनाएका उनले १ सय बलमा ७८ रन बनाएका हुन् ।
दोस्रो विकेटका लागि अर्जुन कुमालसँग मिलेर ९३ रनको साझेदारी गरेका त्रिपाटीले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ३७ रनको साझेदारी गरे ।
नेपालका ओपनर दिपक बोहोरा ५ रन बनाएर आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३७ रनमा आउट भएका थिए ।
ईडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले अहिले ३५ ओभरमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएको छ ।
कप्तान देव खनाल १८ रनमा र विशालबिक्रम केसी ४ रनमा अविजित रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
दोस्रो खेलमा २५ तारिखमा कुबेतसॅंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपाली प्लेईङ-११
देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क) , दिपक बोहरा (ख) , दिपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा