एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ । सोमबार भएको खेलमा उल्भ्सले न्युक्यासललाई २–१ गोल अन्तरले हराएको हो ।
डिगो जोटाले १७ औ मिनेटमा गोल गर्दै पाहुना टोली उल्भ्सलाई अग्रता दिलाएका थिए । अयोजी पेरेजले २३ औ मिनेटमा खेल बराबरीमा ल्याए । ५७ औ मिनेटमा एडलिन रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो ।
दोस्रो हाफको इन्जुरी समयमा माट डोहर्टीले गोल गर्दै उल्भ्सलाई महत्वपुर्ण तीन अंक दिलाए । जितपछि उल्भ्स २२ अंक सहित तालिकाको दशौ स्थानमा उक्लियो । न्युक्यासल १३ अंक सहित १५ औ स्थानमा रह्यो ।