काठमाडौं । यूएईमा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले मध्यम सुरुआत गरेको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २१ ओभरको समाप्तीमा १ विकेट गुमाएर ७८ रन बनाएको छ ।
नेपालका ओपनर दिपक बोहोरा ५ रन बनाएर आउट भएका थिए ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
दोस्रो खेलमा २५ तारिखमा कुबेतसॅंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपाली प्लेईङ-११ -
देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क) , दिपक बोहरा (ख) , दिपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा