काठमाडौं । पाहुना टोली अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतविरुद्धको तेस्रो टेस्ट गुमाउने भएका छन् ।
पारिवारीक कारण कमिन्सले भारतसँगको तेस्रो टेस्ट गुमाउने भएका हुन् ।
उनको अनुपस्थितिमा टोलीको कप्तानी उपकप्तान स्टिभ स्मिथले गर्ने छन् ।
मार्च १ मा हुने तेस्रो टेस्ट उनले गुमाउने भएका हुन् ।
भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ४ खेलको टेस्ट सिरिज खेल्ने छ ।
पहिलो दुई खेलमा पराजित पाहुना टोली २-० ले पछि रहेको छ ।