काठमाडौं । जोय रुट र ह्यारी ब्रुकको शतकको सहयोगमा घरेलु टोली न्युजिल्याण्डविरुद्ध पाहुना टोली इंग्ल्याण्ड बलियो स्थितिमा रहेको छ ।
घरेलु टोली विरुद्धको दोस्रो टेस्टमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाएर ३ सय १५ रन बनाएको छ ।
पाहुना टोलीका ह्यारी ब्रुक १ सय ६९ बलमा १ सय ८४ रन बनाएर अविजित रहेका छन् । ब्रुकले २४ चौका र ५ छक्का प्रहार गरेका छन् ।
पुर्व कप्तान जोय रुटले ब्रुकको साथमा अविजित रहँदै १ सय ८२ बलमा १ सय १ मा रहेका छन् । रुटले ७ चौका प्रहार गरेका छन् ।
रुट र ब्रुकले चौथो विकेटका लागि २ सय ९४ रनको साझेदारी गरेका छन् । ५ रनमा नै पहिलो विकेट गुमाएको पाहुना टोलीले २१ रनमा दोस्रो तथा तेस्रो विकेट गुमाएको थियो ।
घरेलु टोलीका लागि म्याट हेनरीले २ तथा टिम साउदीले ३ विकेट लिएका थिए ।
दुई खेलको टेस्ट सिरिजको पहिलो खेल पाहुना टोलीले २ सय ६७ रनको फराकिलो अन्तरले जितेको थियो ।