काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज शुक्रबार आफ्नो पहिलो खेल खेल्दै छ ।
नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएइ पुगेको नेपाली टोली जितका साथ प्रतियोगिता सुरु गर्न चाहान्छ ।
नेपाली टोली बुधबार त्यसतर्फ गएको थियो ।
प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
दोस्रो खेलमा २५ तारिखमा कुबेतसॅंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपाली टिम -
देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क) , दिपक बोहरा (ख) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द