एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आज राति ह्युस्कासंग प्रतिस्पर्धा गर्दैछ । पछिल्लो समय लयमा देखिएको रियल मड्रिडलाई अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ ।
कारण, उसले तालिकाको सबै भन्दा पुछारमा रहेको टोलीसग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।
तालिकाको पाँचौ स्थानमा रहेको रियलको २३ अंक छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछाडी छ । ह्युस्का ७ अंक सहित तालिकाको पुछारमा छ ।
मुख्य प्रशिक्षक स्याटियागो सोलारीले गत हप्ता मिलिलाविरुद्वको खेलमा ८ परिवर्तन गरेका थिए । त्यसमध्य मार्सेलो आजको खेलमा फर्कन सक्नेछन् । ग्यारेग वेल चोटका कारण आज खेल्ने सम्भावना निकै कम छ ।
वालेन डि ओर जितेका लुका मोड्रिच पहिलो पटक उपाधि जितेपछि मैदान फर्कन सक्नेछन् । अघिल्लो खेलमा दुई गोल गरेका ईस्कोलाई प्रशिक्षकले मौका दिन सक्नेछन् ।