काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ता ईन्डोनेशियाको लिग च्याम्पियन भएको छ । समूह चरणको अन्तिम खेलमा मित्र कुकारलाई २–१ गोल अन्तरले हराउँदै रोहितको क्लबले लिग वानको उपाधि उचालेको हो ।
अन्तिम खेल जित्नैपर्ने गणीतिय समिकरणमा पर्सिजाले महत्वपुर्ण ३ अंक हात पारेको हो । पर्सिजाका लागि दुवै गोल मार्को सिमिसले गरे । १७ औ मिनेट पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ५९ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।
रोहितले अन्तिम खेलमा समेत प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए । डिफेन्स पोजिसनबाट खेल्ने रोहित पछिल्लो समय डिफेन्सिभ मिडफिल्डरको रुपमा देखिदै आएका छन् ।
पर्सिजालाई लिग वान च्याम्पियन बनाउन रोहितले समेत महत्वपुर्ण भुमिका खेले । पछिल्लो समय रोहितले ईन्डोनेशियाको जाकार्ता क्लबबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् ।
रोहित लिगमा सर्वोकृष्ट खेलाडी समेत बनेका छन् ।
लिग वानमा पर्सिजाले ६२ अंक जोड्यो । दोस्रो स्थानको पीएसएम माकासारले ६१ अंक बनाउन सफल भयो ।