एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले वित्तीय अनियमिताको कारण युरोपियन फुटबलमा क्लबलाई प्रतिबन्ध नहुने बताएका छन् ।
प्रशिक्षक ग्वार्डिओलाले क्लब फाइनान्सियल फेयर प्ले उलंघनको विवादमा मुछिएपनि क्लबका पदाधिकारीले क्लब प्रतिबन्ध नहुने आश्वासन दिएको बताएका छन् ।
पछिल्लो समय प्रिमियर लिग लिडर सिटी फाइनान्सियल फेयर प्ले उलंघनको विवादमा मुछिएको छ । फुटबल लिक अर्गनाइजेसनले सिटीले युरोपियन फुटबलको फाइनान्सियल फेयर प्ले नियम उलंघन गरेको दाबी गरेको थियो ।
यस्तै अर्गनाइजेसनले सिटीलाई प्रतिबन्ध गर्नुपर्ने बताएको थियो । जसको युरोपियन फुटबल एसोसिएसन र प्रिमियर लिगले अनुसन्धान गरिरहेको छ ।
तर, प्रशिक्षक प्रशिक्षक ग्वार्डिओलाले क्लबका माथिल्लो पदाधिकारीसंगको छलफल पछि आफुले क्लबलाई प्रतिबन्ध हुने कुनै खतरा नदेखेको बताए ।
'हामी प्रतिबन्धित हुने छैनौं,' प्रशिक्षक ग्वार्डिओलाले भने, 'क्लबका अध्यक्ष र सीईओले मलाई व्याख्या गरेको छ । र, मलाई तिनीहरूलाई भरोसा छ ।'
प्रशिक्षक ग्वार्डिओलाले सिटीका अध्यक्ष खालडोन अल मुबारक र सीईओ फेरान सोरियानोसंग छलफल गरेका थिए ।
यस्तै प्रशिक्षक ग्वार्डिओलाले युईएफएले प्रतिबन्ध गरेमा आफुहरुले स्वीकार गर्ने समेत बताए ।