काठमाडौं । जापानमा आयोजना हुने चौंथो हिमालयन गोल्डकप फुटबल प्रतियोगिता आगामी मार्चमा आयोजना हुने भएको छ ।
हाईजिमा युथ क्लब जापानले आयोजना गर्ने प्रतियोगिता मार्च १९ मा हुनेछ ।
प्रतियोगिता जापानको टोकियो फुजीमोरी फुटसल पार्कमा हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख येन पाउने छन् ।
त्यस्तै उपविजेताले २ लाख येन र तेस्रोले १ लाख येन पाउने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष अखिल लामाले जानकारी दिए ।
जापानका खेलप्रेमीलाई समेटेर गर्दै आईरहेको प्रतियोगितामा ३० टिमको सहभागिता हुने विश्वास आयोजकले राखेको छ ।
प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने क्लबको सदस्य नरेन्द्र गोपालीले जानकारी दिए ।