काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे ।
खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
खेलको ८५ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपनि बार्सिलोना २-१ ले विजयी भयो ।
त्यस्तै खेलको इन्जुरी समयमा विलियम कार्भाल्होले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता कायम गरेको छ ।
बार्सिलोनाले १९ खेलमा ५० अंक जोडेको छ ।
बेटिस ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।