काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली यू-२० राष्ट्रिय महिला फुटबल टोली ढाका प्रस्थान गरेका छन् ।
च्याम्पियनसिप खेल्ने नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेका हुन् ।
नेपाली टोलीलाई मंगलबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको थियो ।
नेपालले प्रिती राईको कप्तानीमा च्याम्पियनसिप खेल्नेछ ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा यम गुरुङ छन् ।
च्याम्पियनसिप फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।
नेपाली टोली -
गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द