काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज अनुबन्ध गर्ने पक्का भएको छ ।
चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गर्ने भएको हो ।
२२ वर्षीय मिडफिल्डर अनुबन्धका लागि चेल्सी र बेन्फिकाबीच सहमति बनेको बताईएको छ ।
एन्जोका लागि चेल्सीले खर्चिएको यस रकम बेलायती क्लबमा कीर्तिमानी रकम हो ।
यस अघि म्यानचेस्टर सिटीले २०२१ मा ज्याक ग्रेलिसलाई एस्टन भिल्लाबाट कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।
एन्जो २०२२ मा रिभर प्लेटबाट बेन्फिका आएका थिए । बेन्फिकाका लागि उनले १७ लिग खेलमा १ गोल गरेका छन् ।
एन्जोले अर्जेन्टिनाका लागि १० खेलमा १ गोल गरिसकेका छन् ।
कतार विश्वकपमा एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अर्जेन्टिनाले कतार विश्वकप जित्दा उनले १ गोल गरेका थिए ।
कतार विश्वकपमा एन्जो उत्कृष्ट युवा खेलाडी चुनिएका थिए ।