काठमाडौं । नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रोहित चन्द इन्डोनेसियाको लिगा वान फुटबलको बर्ष खेलाडीको मनोनयनमा परेका छन् ।
इन्डोनेसियन लिग पर्सिजा जाकार्ताबाट खेलिरहेका रोहित उत्कृष्ट खेलाडीमा पर्दै प्लेयर अफ दि इयर अवार्डका लागि मनोनयमा परेका हुन् । लिग अध्ययन समितिले बिहिबार सार्वजनिक गरेको तीन खेलाडीको सूचीमा रोहित अटाएका हुन् ।
लिग अन्त्यको पुर्व सन्ध्यामा लिग वानले निकालेको मनोनयनमा रोहितसंगै पर्सिबाका डेविड डे सिल्भा र पीएसएमका विलेम जान प्लम अटाएका छन् ।
यस सिजन रोहितले लिगमा उत्कृष्ट खेलिरहेका छन् । यस सिजन रोहितले ३० खेलमा ३ गोल गर्दै २ गोलको लागि पास उपलब्ध गराएका छन् ।
लिगमा रोहितको टिम पर्सिजा शीर्ष स्थानमा छ । रोहितको टिमलाई उपाधि जित्न एक जितको आवश्यकता रहेको छ । पर्सिजाले ३३ खेलमा ५९ अंक जोडेको छ ।
पर्सिजाले अन्तिम खेलमा कमजोर टिम मिट्रा कुकारसंग खेल्नेछ । उक्त खेल जितेमा रोहितको टिम च्याम्पियन बन्ने छ ।
तस्बिर : पर्सिजा