काठमाडौं । इटालियन सिरी ए फुटबलमा उपाधि दाबेदार एसी मिलानले फराकिलो हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा मिलानले सासोउलोसँग ५-२ गोल अन्तरको हार व्यहोरेको हो ।
खेलको १९ औं मिनेटमा ग्रेगोइरे डेफ्रेलले गोल गर्दै सासोउलोलाई अग्रता दिलाएका थिए ।
२१ औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलो २-० ले अघि रह्यो ।
खेलको २४ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए ।
३० औं मिनेटमा डोमिनिको बेरार्डीले गोल गर्दै सासोउलोलाई ३-१ को अग्रता दिलाए ।
खेलको ४७ औं मिनेटमा अर्मान्डले पेनाल्टीबाट गोल गर्दै सासोउलोलाई ४-१ को अग्रता दिलाए ।
खेलको ७९ औं मिनेटमा माथुएस लाउरिन्टेले गोल गरेपछि सासोउलो ५-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा डिभोक ओरिगीले गोल गरेपनि मिलान ५-२ ले पराजित भयो ।
यस हारसँगै मिलानले २० खेलमा ३८ अंक जोडेको छ ।
मिलान चौंथो स्थानमा रहेको छ ।
सासोउलो २० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।