काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सलाई मोन्जाले २-० गोल अन्तरले हराएको हो ।
मोन्जाको जितमा पाट्रीक सिउरिया र डानी मोटाले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा पाट्रीकले गोल गर्दै मोन्जालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा मोटाले गोल गर्दै मोन्जालाई २-० को जित दिलाए ।
जितसँगै मोन्जाले २० खेलमा २५ अंक जोडेको छ ।
मोन्जा ११ औं स्थानमा रहेको छ ।
युभेन्ट्स २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।