एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पिएसजी स्टार्सबर्गसंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
स्टार्सबर्गको घरेलु मैदानमा पहिलो हाफमा १ - ० ले पछि परेपनि पिएसजीले बराबरी खेलेको हो । खेलको ४१ औं मिनेटमा केनी लालाले पेनाल्टीमा गोल गर्दै स्टार्सबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा एडिन्सन काभानीले एक गोल गर्दै पिएसजीलाई हारबाट जोगाए । खेलको ७१ औं मिनेटमा काभानीले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई हारबाट जोगाएका हुन् ।
स्टार्सबर्गसंग बराबरीमा रोकिएपनि पिएसजीले आफ्नो शीर्ष स्थानको अग्रता कायम राखेको छ । पिएसजीले १६ खेलबाट ४४ अंक जोडेको छ । र, दोस्रो स्थानको लिलेभन्दा १४ अंकले अघि छ । स्टार्सबर्ग २२ अंक जोडेर नवौं स्थानमा छ ।