ठमाण्डौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनले नेपाल आईपुगेका छन् ।
काठमाण्डौं किंग्स इलाभेनबाट ईपीएल खेल्न आइरिस टोलीका अलराउन्डर केभिन बुधबार नेपाल आईपुगेका हुन् । काठमाण्डौंले सामाजिक संजाल फेसबुकमा एक तस्बिर पोष्ट गर्दै केभिन नेपाल आईपुगेको जनाएको छ ।
काठमाण्डौंले पोष्ट गरेको तस्बिरमा केभिनसंगै नेपाली राष्ट्रिय फुटबल टिममा गोलरक्षक किरण चेम्जोङ समेत रहेका छन् । किरण माल्दिभ्समा सम्पन्न धिवेही प्रिमियर लिग खेलेर नेपाल फर्किएका हुन् । लिगमा किरणको टिम टिसी स्पोर्ट्स च्याम्पियन बनेको थियो । यस्तै किरण उकृष्ट गोलकिपर बनेका थिए ।
ईपीएल क्रिकेट यहिँ शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ ।
काठमाण्डौंले ३४ बर्षिय केभिनलाई पहिलो विदेशी खेलाडीको रुपमा क्लबमा अनुबन्ध गरेको थियो । उनी आईरिस टोलीबाट सर्वाधिक बढी खेल खेल्ने खेलाडी हुन् ।
सन् २००६ देखी राष्ट्रिय टोलीमा रहदै आएका केभिनले तीन सय बढी क्याप जितेका छन् । आयरल्याण्ड टिमका महत्वपुर्ण सदस्य रहेका केभिनले ३ पटक ५० ओभरको विश्वकप र ५ पटक टी – ट्वान्टी विश्वकप खेलिसकेका छन् । उनले विश्वभरका विभिन्न प्रतियोगितामा ५० ओभर र ट्वान्टी २० म्याच खेलेका छन् ।
टेस्ट क्रिकेटमा आयरल्याण्डबाट पहिलो शतक प्रहार गर्ने खेलाडी ब्रायनले सन् २०११ को विश्वकपमा इङ्ल्याण्डविरुद्ध विश्वकपकै सबैभन्दा चाँडो शतक प्रहार गर्ने रेकर्ड बनाएका थिए ।