काठमाडौं । २०२१ बाट दिल्लीको कप्तान रहेका रिषभ पन्त नयाँ बर्ष मनाउन देहरादुन जाने क्रममा दिल्ली देहरादुन मार्गमा कार दुर्घटनामा परेका थिए ।
पन्तको शारिरिक अवस्थाका कारण उनले यस बर्ष हुने १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपीएल) गुमाउने पक्का भईसकेको छ ।
पन्तको अभावमा दिल्लीको टिमले एक कुशल नेतृत्व त गुमाउने नै छ । दिल्लीको लागि पन्त खेल परिवर्तन गराउने क्षमताका खेलाडी समेत रहेका थिए ।
यसकारण दिल्लीले उनको स्थानमा खेललाई जुनसुकै स्थितीमा परिवर्तन गराउन सक्ने खेलाडीलाई दिल्लकिो टिममा पन्तको स्थानमा राख्नेछ । पन्तको स्थान लिन सक्ने पाँच भारतीय खेलाडी यसप्रकार रहेका छन् :
१) आयार्न जुयाल :

२०१८ को यू१९ विश्कपमा भारतीय टोलीका सदस्य जुयालले २०२२ को १५ औं संस्करणको आईपीएलको समेत अनुभव लिएका थिए । २०२२ को आईपीएलमा मुम्बई इण्डियन्सको टोलीमा रहेका जुयालले एक खेल पनि खेल्न नपाएपनि विभिन्न नाम चलेका खेलाडीसँग ड्रेसिङ रुम सेयरको अनुभव राखेका थिए । विकेटकिपर ब्याटर जुयालले १४ टी-ट्वान्टी खेलमा २ सय ८५ रन बनाएका छन् ।
२) बाबा ईन्द्रजित :

विकेट किपर ब्याटर ईन्द्रजितले २०२२ को आईपीएलमा कोलकाता नाईटराईडर्सको टोलीमा अनुबन्ध भएका थिए । उनले तीन खेलमा मौका पाउँदा २१ रन बनाउँन सफल रहेका थिए । २८ बर्षिय ईन्द्रजितले २३ टी-ट्वान्टीमा ३ सय ४० रन बनाएका छन् । २०२३ को आईपीएल अक्सनमा कुनै टोलीले आफ्नो टोलीमा अनुबन्धन नगरेका ईन्द्रजित पन्तको ठाउँमा दिल्लीमा अनुबन्ध हुनसक्नेछन् ।
३)शेल्डन ज्याकसन :

विकेटकिपर ब्याटर ज्याकसनले रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकता नाईटराडर्समा आबद्ध भएर विभिन्न संस्करणको आईपीएलमा सहभागी भएका छन् । यस संस्करणको आईपीएलका अक्सनमा कुनै टिममा आबद्ध भएका थिएनन् । विकेटकिपरका समेत राम्रो विकल्प रहेका ज्याकसन पन्तका विकल्पका रुपमा रहेका छन् ।
४) सचिन बेबी :

विस्फोटक ब्याटर बेबीले तीन फरक फरक टिमका लागि आईपीएल खेलेका छन् । ९६ टी-ट्वान्टी १ हजार ८ सय ७७ रन बनाएका छन् । यस संस्करणका लागि भएको आईपीएल अक्सनमा कुनै टोली आईपीएल अक्सनमा कुनै टोलीमा आबद्ध नरहेकाले बेबी पन्तका लागि उत्तम विकल्प रहेका छन् ।
५) प्रियम गर्ग :

मध्ये पक्तिंका ब्याटर गर्ग सनराईजर्स हैदराबादमा लामो समय विताए पश्चात २०२३ को आईपीएल अक्सनमा कुनै टोलीमा आबद्ध नरहेकाले उनलाई पन्तको विकल्प रहने छन् ।