काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
इटहरीमा शनिबार कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।
लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो ।
कर्णालीका यमुना थारुले १३ रन जोडिन । किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडी सुन्य रनमा पेभेलियन फर्किएका थिए ।
लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३/३ विकेट हात पारिन् । सुस्मिता भुसालले २ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोडिन । सरस्वती पुनले अविजित ३० रन बनाईन् ।
आश्मा पुलामी मगरले १४ रन जोड्दा रन्जु श्रेष्ठले १० रन जोडिन ।
कर्णालीका यमुना थारु र बिना थापाले २/२ विकेट हात पारिन् ।
जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।
लुम्बिनी समूह 'बी' को शीर्ष स्थानमा रहेको छ ।
कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।