काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
इटहरीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
गण्डकीले दिएको ५२ रनको लक्ष्य एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा कप्तान सिता राना मगरले अविजित १९ रनको योगदान गरिन् । रोमा थापाले अविजित १४ रन बनाईन् ।
ज्योति पाण्डेले ८ रन बनाईन् । इन्दु बर्मा र सरिता मगरले खाता खोल्न सकिनन् ।
गण्डकीकी श्रीष्टि जैसीले ३ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ५१ रन जोडेको थियो ।
गण्डकीका कप्तान श्रीष्टि जैसीले सर्वाधिक १४ रन जोडिन ।
एपीएफकी सुमन विष्टले ३ विकेट हात पारिन् ।
यस जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।
एपीएफ समूह 'ए' को शीर्ष स्थानमा रहेको छ ।