एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर राफिन्हा ६ महिना मैदान बाहिर रहने भएका छन् । देब्रे घुडाँमा लागेको चोटको शल्यक्रिया गरेपछि राफिन्हा ६ महिना मैदान बाहिर रहने भएका हुन् ।
ब्राजिलियन प्लेमेकर राफिन्हा गत महिना एट्लेटीको मड्रिडविरुद्धको खेलमा घाइते भएका थिए । उक्त खेल १ - १ गोलको बराबरीमा सकिएको थियो ।
घुडाँको लिगामेन्ट च्यातिएपछि मैदानमा उत्कृष्ट प्रदर्शन गर्न नसकीरहेका राफिन्हाको स्पेनको एक अस्पतालमा शल्यक्रिया भएको बार्सिलोनाले जनाएको छ ।
२५ बर्षीय राफिन्हा तेस्रो पटक सशक्त घाइते भएका हुन् । यसअघि सन् २०१५ मा दाहिने घुडाँको चोटको कारण ७ महिना मैदानबाहिर रहेका थिए ।
राफिन्हाले यस सिजन पाँच ला लिगा र दुई च्याम्पियन्स लिग खेल खेलेका छन् । बार्सिलोनाबाट राफिन्हाले दुई ला लिगा र के च्याम्पियन्स लिग जितिसकेका छन् ।