एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आगामी शनिबार तय भएको पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोन्टपिलरबीचको लिग खेल स्थगित गरिएको छ ।
पछिल्लो समय पेरिसमा हिंसात्मक प्रदर्शन बढेपछि पिएसजी र मोन्टपिलरबीचको खेल स्थगित गरिएको हो । स्थानीय प्रहरीले खेल रोक्न अनुरोध गरेपछि दुवै क्लब खेल स्थगित गर्न सहमत भएका हुन् । उक्त खेल पिएसजीको मैदानमा हुने थियो ।
जारी लिगमा पिएसजी शीर्ष स्थानमा छ ।
यस्तै लियोन र टुलुसबीचको खेल पनि स्थगित गरिएको छ । स्थगित खेलको नयाँ मिति पछि तोकिने जनाईएको छ ।
सरकारले इन्धनमा कर वृद्धि गरेपछि पेरिसमा प्रदर्शन सुरु भएको हो । पछिल्लो समय उक्त प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।