काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ति मगरले राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगका बाँकी खेल गुमाउने भएका छन् ।
च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जाने छन् ।
विमलले बेल्जियममा दोस्रो डिभिजनका क्लबमा ट्रायल दिने छन् । विमल करिब १० साता बेल्जियममा रहनेछन् ।
बेल्जियम जाने भएपछि विमलले च्यासलसंगको सम्झौता सहमतिमा रद्द गरेका छन् ।
विमलले यसअघि पनि बेल्जियममा ट्रायल दिएका थिए । यसअघि विमलले बेल्जियमकै एन्डलेच्तमा ट्रेनिङ र ट्रायल दिएका थिए ।
त्यस्तै विमलले नेदरल्याण्डको एफसी ट्वेन्टेमा समेत ट्रायल दिएका थिए ।