काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो क्वालिफायर खेलमा जनकपुरले पहिले फिल्डिङ रोजेको छ ।
टियु मैदानमा भएको टसमा रोयल्सले टस जितेर फिल्डिङ रोजेको हो ।
जनकपुरले पहिला फिल्डिङ गर्ने भएपछि लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गर्दैछ ।
आजको पहिलो क्वालिफायर बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।
यस लिगको समूह चरणको दुई खेलमा एकआपसकाविरुद्ध खेलेका यि टिमहरुले १-१ खेल जितेका छन् ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।