काठमाडौं । पहिलो संस्करणको महिला ईण्डियन प्रिमियर लिग(डब्लुआईपीएल) को खेलाडी छनोटका लागि हुने अक्सन आगामी महिना हुने भएको छ ।
बीसीसीआईका अनुसार फेब्रुअरीमा अक्सन तथा जनवरी २६ सम्म खेलाडीले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
डब्लुआईपीएल आगामी मार्च महिनामा हुने भएको छ ।
बीसीसीआईले महिला आईपीएलको लागि सोही समय उपलब्ध गराएको छ ।
यस अघि आईपीएल जारी रहेको समयमा महिला टी-ट्वान्टी च्यालेन्जका नाममा तीन टिम रहेको प्रतियोगिता गरिदै आएकोमा यस वर्षबाट महिला आईपीएल सुरु हुदैछ ।
प्रतियोगितामा कति टोलि रहने निश्चित भईसकेको छैन । तर, बीसीसीआई स्रोतका अनुसार आईपीएलका हरेक टोली यस लिगमा टिम खरिद गर्न ईच्छुक देखिएका छन् ।
यसैबीच सिनियर महिला क्रिकेटको सिजन अक्टोवर ११ बाट सुरु हुने टी(ट्वान्टी च्याम्पियनसिप मार्फत सुरु हुनेछ ।