काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको लिग चरणका खेलहरु शनिबार सम्पन्न भएको छ ।
लुम्बिनी अल स्टार,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र काठमाडौं नाईट्सकाले प्लेअफमा स्थान बनाएका छन् । प्लेअफका खेलहरु आईतबारबाट सुरु हुँदैछ ।
लिग चरणको खेल सकिदा एक विदेशी सहित चार नेपाली बलरले सर्वाधिक विकेटकर्ताको शीर्ष पाँचमा स्थान बनाएका छन् । लिग चरणको खेल सकिदासम्मको विकेट लिने शिर्ष पाँच खेलाडीको नाम यसप्रकार रहेको छ :
१) अभिनास बोहोरा
चौथो स्थानमा रहेर प्लेअफको यात्रा गरेको काठमाडौं नाईट्सका सदस्य रहेका बोहोराले समूह चरणका १० खेल खेल्दै १८ विकेट लिएका छन् ।

पहिलो तथा छैठौं खेल पोखरा एभेन्जर्ससँग खेलेको काठमाडौंका खेलाडी बोहोराले दुई खेलमा ५९ रन खर्चिएर ४ विकेट लिएका थिए । दोस्रो तथा लिग चरणको नवौं खेलमा फार वेस्टको सामना गरेको काठमाडौंका लागि उनले ५३ रन खर्चिएर २ विकेट लिएका थिए । काठमाडौंको लिग चरणको तेस्रो तथा पाँचौं खेलमा बोहोराले ५७ रन खर्चिएर ५ विकेट आफ्नो नाम गरेका थिए ।
काठमाडौंले आफ्नो चौथो तथा आठौं खेल लुम्बिनी अल स्टारसँग खेलेको थियो । यस खेलहरुमा बोहोराले ५१ रन खर्चिएर ४ विकेट लिएका थिए । काठमाडौंको सातौं तथा लिग चरणको अन्तिम खेलमा विराटनगर सुपर किंग्ससँग खेलेको थियो । विराटनगरसँगको खेलमा बोहोराले ५६ रन खर्चिएर ३ विकेट लिएका थिए ।
२) ललित नारायण राजवंशी
दोस्रो स्थानमा रहेर प्लेअफको यात्रा गरेको जनकपुर रोयल्समा आबद्ध राजवंशीले १० खेलमा १५ विकेट लिएका छन् ।

लिगको जनकपुरको पहिलो तथा नवौं खेलमा पोखरा एभेन्जर्सविरुद्ध खेलेको थियो । दुई खेलमा उनले १९ रन खर्चिएर ४ विकेट लिएका थिए । विराटनगर सुपर किंग्ससँग दोस्रो तथा पाँचौ खेलमा राजवंशीले ३४ रन खर्चिएर ७ विकेट आफ्नो नाममा गरे । तेस्रो तथा छैठौं खेलमा काठमाडौं नाईट्ससँग खेल्दै जनकपुरका राजवंशीले ४७ रन खर्चिएर कुनै विकेट लिन सकेनन् ।
जनकपुरले चौथो तथा सातौं खेलमा फार वेस्ट युनाईटेडको सामना गरेको थियो । दुवै खेलमा उनले २९ रन खर्चिएर ३ रन खर्चिएका थिए । आठौ र दशौं खेलमा जनकपुरले लुम्बिनी अल स्टारसँग खेलेको थियो । यि दुई खेलमा राजवंशीले ४५ रन खर्चिएर २ विकेट लिएका थिए ।
३) करण केसी
पाँचौं स्थानमा रहेर लिगबाट बाहिरिएको फार वेस्ट युनाईटेडका उपकप्तान समेत रहेका केसीले १० खेलमा १४ विकेट आफ्नो नाम गरेका थिए ।

फार वेस्टले आफ्नो पहिलो र तेस्रो खेल लुम्बिनी अल स्टारविरुद्ध खेलेको थियो । यि दुवै खेलमा करणले ५३ रन खर्चिएर ५ विकेट लिएका थिए । दोस्रो तथा आठौं खेलमा काठमाडौं नाईट्ससँग खेलेका उनले ५८ रन खर्चिएर २ विकेट लिएका थिए । फार वेस्टले आफ्नो चौथो तथा छैठौं खेलमा जनकपुर रोयल्सको सामना गरेको थियो । दुबै खेलमा केसीले ६४ रन खर्चिएर २ विकेट हात पारेका थिए ।
आफ्नो पाँचौ तथा दशौं खेलमा पोखरा एभेन्जर्ससँग खेलेकोमा दुई खेलमा केसीले ५८ रन दिएर ३ विकेट आफ्नो नाम गरेका थिए । सातौं तथा नवौ खेलमा विराटनगर सुपर किंग्ससँग खेलेको फार वेस्टका उपकप्तान केसीले ५९ रन खर्चिएर २ विकेट लिएका थिए ।
४) बसिर अहमद
चौथो स्थानमा रहेर प्लेअफमा पुगेको काठमाडौं नाईट्सका खेलाडी अहमदले १३ विकेट आफ्नो नाममा गरेका थिए ।

पहिलो तथा छैठौं खेल पोखरा एभेन्जर्ससँग खेलेको काठमाडौंका खेलाडी अहमदले दुई खेलमा ३३ रन खर्चिएर २ विकेट लिएका थिए । दोस्रो तथा लिग चरणको नवौं खेलमा फार वेस्टका विरुद्ध उनले ३९ रन खर्चिएर ४ विकेट लिएका थिए । काठमाडौंको लिग चरणको तेस्रो तथा पाँचौं खेलमा अहमदले ४३ रन खर्चिएर ३ विकेट आफ्नो नाम गरेका थिए ।
काठमाडौंले आफ्नो चौथो तथा आठौं खेल लुम्बिनी अल स्टारसँग खेलेको थियो । यस खेलहरुमा अहमदले ६४ रन खर्चिएर ३ विकेट लिएका थिए । काठमाडौंको सातौं तथा लिग चरणको अन्तिम खेलमा विराटनगर सुपर किंग्ससँग खेलेको थियो । विराटनगरसँगको खेलमा उनले ३७ रन खर्चिएर १ विकेट लिएका थिए ।
५) जाहिर खान
अंक तालिकाको पुछारमा रहेर प्रतियोगिता सकेको पोखरा एभेन्जर्समा विदेशी कोटाका खेलाडी रहेका अफगानिस्तानका स्पिनर खानले ९ खेलमा १३ विकेट लिएका थिए ।

पहिलो तथा आठौं खेलमा पोखराले काठमाडौं नाईट्सको सामना गरेको थियो । दुई खेलमा खानले ८२ रन दिएर २ विकेट लिएका थिए । दोस्रो तथा नवौं खेलमा पोखराले जनकपुर रोयल्ससँग खेलेको पोखराका बलर खानले ६० रन दिएर ३ विकेट आफ्नो नाम गरेका थिए । पोखराले तेस्रो तथा सातौं खेलमा लुम्बिनी अल स्टारसँग खेलेको थियो । यि दुई खेलमा खानले ५५ रन दिएर ४ विकेट आफ्नो नाम गरेका थिए ।
पोखराले आफ्नो चौथो तथा पाँचौ खेलमा विराटनगर सुपर किंग्सको विरुद्ध खेलेको थियो । यो दुई खेलमा उनले ४६ रन खर्चिएर १ विकेट लिएका थिए । पोखराले आफ्नो छैठौं खेलमा फार वेस्ट युनाईटेडको सामना गरेकोमा खानले २४ रन खर्चिएर ३ विकेट लिएका थिए ।