एजेन्सी । स्पेनिस डिफेन्डर सेजर एज्पीलिक्वेटा इंग्लिश क्लब चेल्सीमै रहने भएका छन् । एज्पीलिक्वेटाले चेल्सीसंग लामो समय क्लब मै रहने गरी नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासंगै एज्पीलिक्वेटा सन् २०२२ सम्म चेल्सीमा रहने छन् । एज्पीलिक्वेटाले मंगलबार क्लबसंग चार बर्षे नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नयाँ सम्झौतासंगै एज्पीलिक्वेटाले चेल्सीसंग १० बर्ष बिताउने भएका छन् ।
सम्झौतापछि एज्पीलिक्वेटाले चेल्सीमा रहदा आफुलाई खुसी लागेको बताए ।
'जब म चेल्सीमा आए । यहाबाट खेल्दा मलाई आनन्द र उत्तरदायी भएर खेलेको छु,' एज्पीलिक्वेटाले भने, 'क्लबसंगको नयाँ सम्झौताले म निकै खुसी छु ।'
२९ बर्षीय एज्पीलिक्वेटा मार्सेलीबाट सन् २०१२ मा स्टामफोर्ड ब्रिज आएका थिए । उनले चेल्सीबाट २९८ खेल खेलिसकेका छन् ।