काठमाडौं । सुर्यकुमार यादवले ५१ बलमा अविजित १ सय १२ रन बनाए पछि तेस्रो तथा निर्णायक टी-ट्वान्टीमा भारतले श्रीलंकालाई २ सय २९ रनको लक्ष्य दिएको छ ।
राजकोटमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो ।
पहिलो ओभरमा नै ३ रन बनाउँदा इशान किशनलाई गुमाएको भारतले राम्रो कमब्याक गरेर २ सय २९ रनको विशाल लक्ष्य बनायो ।
सुर्यकुमार यादवले ५१ बलमा ७ चौका र ९ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । यो उनको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । उनले ४५ बलमा शतक पूरा गरेका थिए ।
शुभमन गिलले ३६ बलमा ४६ रन बनाउँदा राहुल त्रिपाटीले १६ बलमा ३५ रन बनाए । अक्षर पटेलले ९ बलमा अविजित २० रन बनाए ।
श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कुशन रंजिथा,वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए ।
तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यो खेल जित्ने टोलीले नै यो सिरिज आफ्नो नाम गर्नेछ ।