काठमाडौं । इटहरीमा पुस अन्तिमबाट सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिका गरेको हो ।
क्यानका अनुसार प्रतियोगिताको उद्घाटन पुस २९ गते हुनेछ । उद्घाटन दिन दुई खेल हुनेछ ।
७ माघमा फाईनल खेल रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका 'प्लेयर अफ द म्याच'ले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ ।
जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।
२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।
.jpeg)