एजेन्सी । युईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा ड्र सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसिएसनले सोमबार नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक गरेको छ ।
युईएफएले निकालेको ड्र अनुसार पहिलो सेमिफाइनलमा पोर्चुगलले स्विजरल्याण्डसंग आगामी जुन ५ मा खेल्नेछ । दुई टोलीबीचको खेल पोर्चुगलको पोर्टोमा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले नेदरल्याण्डसंग जुन ६ मा खेल्नेछ । इंग्ल्यान्ड र नेदरल्याण्डबीचको खेल पोर्चुगलको गुइमरेसमा हुनेछ ।
विजेताले ९ जुनमा हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल पोर्चुगलको पोर्टोमा हुनेछ ।