काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगका पाँचौँ चरणका खेल सकिएका छन् । दुई टिम प्रतियोगितामा अपराजित छन् । मनाङ मर्स्याङदी र आर्मी क्लबलाई कसैले पराजित गर्न सकेको छैन ।
शिर्षस्थानको मनाङको १५ अंक छ । दोस्रो स्थानको आर्मीको १३ अंक छ । घरेलु लिगको बलियो टोली मानिने मछिन्द्रले लिगमा गोलको खाता खोल्न सकेको छैन ।
च्यासल र पुलिससंग बराबरी खेल्नु उसको उत्कृष्ट नजिता हो । निरन्तरको खराब नतिजापछि मछिन्द्रले प्रशिक्षकनै परिवर्तन गरेको छ । उसका मुख्य प्रशिक्षक धनेश्वर प्रजापति ‘टच लाईन’मा देखिदैनन् । कारण बारे क्लब समेत बोल्न चाहदैन ।
मछिन्द्रलाई अहिले निशान श्रेष्ठले हेरिरहेका छन् । तर निशान ए लाइसेन्स कोच हैनन् । उनले पहिलो पटक ए डिभिजन क्लब हेरेका हुन् । यसअघि उनले यु १८ टिम हेरेका थिए । ग्रासरुट फुटबल प्रशिक्षकमा सक्रिय उनीसंग उच्च डिभिजनको क्लब हेर्ने प्रशिक्षकको लाईसेन्स छैन ।
स्टार खेलाडीले भरिएको च्यासलले मात्र एक खेल जितेको छ । तीन खेल हारेको उसले एक बराबरीको नतिजा निकालेको थियो । विमल घर्ति मगर, हेमन्त थापा मगर, देवेन्द्र तामाङ, सन्तोष साहुखल रहेको टिम उपाधि होडबाट बाहिरिएको मुख्य प्रशिक्षक राजुकाजी शाक्यले बताईसकेका छन् ।
लिगको मुख्य दाबेदार मनाङले सत प्रतिशत जित निकालेको छ । दोस्रो स्थानको आर्मीको १३ अंक छ ।
रुस्लान थ्री स्टार ४ जित १ हारसँगै १२ अंक बटुलेर तेस्रो स्थानमा छ । थ्री स्टार बराबरको अंक भएपनि गोल अन्तरका आधारमा संकटा चौथो स्थानमा छ ।
पुलिस र हिमालयन शर्पा क्लबको १० अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस पाचौँ छ । हिमायल छैठौ स्थानमा छ ।
सरस्वती ६ अंक सहित सातौ, च्यासल पे्रmन्ड्स, जाउलाखेल र एपिएफको समान ४ अंकका साथ क्रमशः आठौ, नवौ, दशौ र एघारौ स्थानमा छन् । ब्रिगेड ३ अंक सहित १२ औ, मछिन्द्र २ अंक सहित १२ औ र एनआरटी एक अंक सहित १४ औ स्थानमा छ ।