एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका विङ्गर आर्जेन रोबिनले क्लब छाड्ने घोषणा गरेका छन् । नेदरल्याण्डका स्टार खेलाडी रोबिनले सिजनको अन्तिममा जर्मन बसाई टुङ्गयाउने निर्णय गरेका हुन् ।
करिब १० बर्ष जर्मन क्लबमा बिताएका रोबिनले ३ सय ५ खेलमा १ सय ४३ गोल गरेका थिए ।
क्लबका अध्यक्ष उली होइनेसले फ्र्याङ रिबेरीले समेत क्लब छाड्न सक्नेतर्फ संकेत गरेका छन् ।
३४ बर्षका रोबिनले सन् २००९ मा रियल मड्रिडबाट ईटाली आएका थिए । उनले ७ पटक बुन्डेशलिगा उपाधि हात पारे ।
रोबिनले भने, 'बार्यनमा यो मेरो अन्तिम बर्ष हो ।'
'सुन्दर १० बर्ष मैले यहाँ बिताए । तर अब छोड्ने समय आएको छ ।' उनले भने ।
बार्यन अहिले शीर्ष स्थानको बोरुसिया डर्टमन्ड भन्दा ९ अंकले पछाडी छ । तर क्लबले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाईसकेको छ ।