काठमाडौं । ललित स्मृति यू १८ फुटबल च्याम्पियनसिपमा जगदम्बा लुम्बिनी क्लबले जित निकालेको छ । एन्फा टेक्निकल सेन्टरमा आज भएको खेलमा लुम्बिनीले सरस्वती युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
लुम्बिनीलाई जित दिलाउन प्रिन्स गुरुङले पेनाल्टीमा एक गोल गर्दा अर्को गोल अमृत गुरुङले गरेका थिए । यो जितसँगै लुम्बिनी समूह ए बाट उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । लुम्बिनीले ७ अंक जोडेको छ ।
यो समूहबाट त्रिभुवन आर्मी क्लबले १२ अंकसहित समूह बिजेता बन्दै क्वाटरफाइनलमा स्थान बनायो । यो समूहबाट एनआरटि, सरस्वती र मछिन्द्रले समूह चरण पार गर्न सकेनन् ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले एक लाख पचास हजार रुपैँया प्राप्त गर्नेछ ।