एजेन्सी । लण्डन क्लब चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । फुल्हमलाई पराजित गर्दै लण्डन क्लबले शीर्ष स्थानको म्यान्चेष्टर सिटी र लिभरपुलमाथि दबाब बढाएको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चौथो मिनेटमा पेड्रोको गोलबाट चेल्सीले अग्रता लिएको थियो । कान्टेको पासलाई सदुपयोग गर्दै पेड्रोले गोल गरेका थिए ।
खेलको ८२ औ मिनेटमा रुबेन लोफटस चेकले गोल गर्दै लण्डन क्लबको जित सुनिश्चित गरे । चेल्सी १४ खेलबाट ३१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
म्यान्चेष्टर सिटी १४ खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ३३ अंक सहित दोस्रो स्थानमा छ ।