एजेन्सी । युरोकप छनोट अन्तर्गत जर्मनी र नेदरल्याण्ड समूह चरणमा भिड्ने भएका छन् । आईतबार सार्वजनीक ड्र अनुसार जर्मनी र नेदरल्याण्ड समूह चरणमा भिड्ने भएका हुन् ।
समूह 'सी' मा नेदरल्याण्डले जर्मनी प्रतिद्वन्दीकाे रुपमा पाएको हो । सो समूहमा नर्दन आयरल्याण्ड,स्टोनिया र बेलारुस पनि रहेका छन् । यस्तै समुह 'ए' मा इङ्ल्याण्ड, चेक रिपब्लिक,मोनटेनग्रो, कोशोभो र बुल्गेरिया जस्ता देश समावेश छन् ।
यस्तै समूह 'बी' मा साबिकको विजेता पोर्चुगल, युक्रेन, लिथुनिया, लक्समबर्ग र सर्विया रहेका छ । समूह 'डी'मा स्विजरल्याण्ड, डेनमार्क र रिपब्लिक अफ आयरल्याण्ड, जर्जिया र जिब्लाटर रहेका छन् ।
छनोटको समूह 'इ' मा क्रोएसिया, वेल्स,स्लोभाकिया, हंगेरी र अजरबैजान छन् । समूह 'एफ' मा स्पेन, स्विडेन, नर्वे, रोमानिया, फरोए आइसल्याण्ड र माल्टा रहेका छन् ।
त्यस्तै समूह 'एच' मा पोल्याण्ड, अष्ट्रिया, इजरायल, स्लोभानिया,मसिडोनिया, लाटभिया रहदा समूह 'एच' मा फ्रान्स,आइसल्याण्ड, टर्की,अल्बानिया, मोल्डोभा र एण्डोरा रहेका छन् ।
समूह 'आई' मा बेल्जियम, रुस,स्कटल्याण्ड, साइप्रस, काजकिस्तान, सान मारिनो तथा समूह 'जे' मा इटाली, बोन्सिया, फिनल्याण्ड,ग्रीस,अर्मेनिया र लिचेस्टाईन रहेका छन् ।
युरोपियन फुटबल एसोसियसनले युरोपका ५५ देशलाई १० समूहमा विभाजन गरेर छनोटको ड्र सार्वजनिक गरेको हो । छनोट खेल मार्चमा सुरु हुनेछ ।
सन् २०२० हुने युरोकप युरोपका १२ देशका विभिन्न १२ शहरमा आयोजना हुदैछ ।