एजेन्सी । साविकको विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार वेर्डर ब्रेमनलाई २ - १ को संघर्षपूर्ण जित निकाल्दै वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
१० खेलाडीमा सिमित बनेको घरेलु टोलीलाई हराउन वायर्नका सेर्गी गनाब्रे नायक बने । सेर्गीले दुई गोल गरेपछि वायर्नले महत्वपूर्ण जित निकालेको हो ।
घरेलु टोलीविरुद्ध खेलको २० औं मिनेटमा सेर्गीले गोल गर्दै वायर्नलाई १ - ० को अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा ब्रेमेनका युया ओसाकाले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा सेर्गीले थप एक गोल गर्दै टोलीलाई जित दिलाए । खेलको ५० औं मिनेटमा सेर्गीले वायर्नको जितमा निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको ९० औं मिनेटमा निकलास मोइसान्डरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि अन्तिम केहि समय घरेलु टोली ब्रेमेन १० खेलाडीमा समेटिएको थियो ।
जितसंगै वायर्नले लिग लिडर बोरुसिया डर्टमण्डसंगको अंक दुरी कम गरेको छ । वायर्नले १३ खेलबाट २४ अंक जोडेको छ । डर्टमण्डको ३३ अंक छ । डर्टमण्डसंग वायर्न ९ अंकले पछि छ ।पराजित ब्रेमेन १८ अंक जोडेर आठौं स्थानमा छ ।