काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ ।
नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा चौथो पटक खेल्न लागेको हो । यस अघि खेले तीन खेलमा नामिबियाले दुई खेलमा विजयी हुँदा एक खेल नजिना बिहिन भएको छ।
पहिलो पटक यसैबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । सो खेलमा नामिबिया ४० रनले विजयी भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको नामिबीयालाई नेपालले ४७.३ ओभरमा २ सय २० रनमा अलआउट गरेको थियो । २ सय २१ रनको मध्यम लक्ष्य नेपालको कमजोर ब्याटिङका कारण विशाल लक्ष्यमा परिणत भयो ।
नेपालले ४६.५ ओभरमा पुरै विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । यस खेलमा नेपालका लागि आरिफ शेखले अविजित ५० रनको योगदान गरेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गरेका थिएनन् । तत्कालिन कप्तान सन्दीप लामिछानेले महत्वपुर्ण ४ विकेट लिएका थिए ।
स्कटल्याण्ड भ्रमणमा नै विश्वकप लिग टू अन्तर्गत नेपालले दोस्रो पटक नामिबियाको सामना गर्यो । १६ जलाई २०२२ मा कम्बुस्डोन न्यू मैदानमा नेपाल ६३ रनले पराजित भयो । उक्त खेलमा नामिबियाले पुनः टस जितेर ब्याटिङ गर्यो ।
नेपालले नामिबियालाई ४९.१ ओभरमा १ सय ९९ रनमा अलआउट गरायो । नेपालका लागि तत्कालिन कप्तान सन्दीप लामिछानेले पुनः ४ विकेट लिए । २ सय रनको मध्यम लक्ष्य नेपालका ब्याटरहरुले खराब लयलाई निरन्तरता दिदा विशाल लक्ष्यमा परिणत भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ तथा आसिफ शेखले ३४ रन बनाएका थिए ।

नामिबियाविरुद्धको तेस्रो भेट यसै सिरिजमा धएको थियो । सो खेल बर्षाका कारण दुवै टोलीले अंक बाडेका थिए । नेपालले टस हारेरपहिले ब्याटिङ गरेकोमा ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले १ सय ९८ रनको लक्ष्य दिएकोमा दोस्रो ईनिङ सुरु लगत्तै बर्षा सुरु भयो ।
बर्षा लगातार भएपछि सो खेल नजिजा बिहिन हँदा दुवै टोलीले १/१ अंक बाडेका थिए । उक्त खेलमा नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ९४ बलमा ७५ रन बनाए । अन्य नेपाली ब्याटरले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।